यूएईलाई हराउँदै नेपालद्वारा एकदिवसीय सिरिज कब्जा !

0
254

काठमाडौं १४ माघ । कप्तान पारस खड्काले शतकप्रेरित नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ४ विकेटको विजय हासिल गरेको छ । युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ ।

Advertisements

नेपालको जितमा ब्याटिङतर्फ कप्तान पारस खड्का नायक रहे । २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले १ सय ९ बलको सामना गर्दै १ सय १५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपाली समेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।

LEAVE A REPLY