डा. केसीको नियत ठीक छ भने अनशन तोड्नुपर्छ : सांसद कृष्णभक्त पोखरेल

0
291

चितवन, माघ १४ । चिकित्सा शिक्षा सुधारको माग राखी अनशनरत डा गोविन्द केसीको माग सम्बोधन भएको भन्दै सांसद कृष्णभक्त पोखरेलले उनको नियत ठीक छ भने अव अनशन वसिरहनुको कुनै औचित्य नभएको बताएका छन् ।

Advertisements

निजी र गरिव विद्यार्थीले पढन पाउने, ५ वटा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता केसीको माग भन्दा एक कदम अघि वढेर चिकित्सा शिक्षा विद्येयक संसदबाट पारित भएको प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति सांसद कृष्णभक्त पोखरेलले बताएका छन् ।

यस विद्येयकको आफू नै संसोधनकर्ता भएको र संसदमा गएपछि सार्वभौम अधिकार प्रयोग भएको सभापति पोखरेलको भनाइ छ ।
गोविन्द केसीको जीतहार कहाँ छ ? माथेमा आयोग लगायत अन्य आयोगको पनि सिफारिस अनुसार चिकित्सा शिक्षा कानुन पारित भएको छ । चिकित्सा शिक्षा सुधारका लागि केसीले राखेका ५ वटा मुख्य मागहरु सम्बोधन भएको उनले बताए ।

५ वटा भन्दा बढी मेडिकल कलेजलाई विश्वविद्यालयले स्वीकृत दिनु हुन्न भन्ने सवालमा भने मनाशय पत्र लिएर वसेका पूर्वाधार तयार भएका कलेज काठमाडौ राजधानी बाहिर जान चाहने विषय पनि सम्बोधन भएको छ ।

सार्वभौम संसद केसीले उठाएको माग भन्दा अघि वढेकाले अव अनशनको कुनै औचित्य नभएको साँसद पोखरेलले बताए । वार्षिक २५ अर्व रुपैयाँ मेडिकल शिक्षाका लागि विदेश गएको छ । उहाँको असल नियत हो भने उहाँले विद्येयकको समर्थन गर्नुपर्ने उनले बताए ।

LEAVE A REPLY