भिमनगर माबिको अन्तर आमा समूह हाजिरीजवाफमा उधमशील र उपकार आमा समूह प्रथम

0
218

चितवन १५ माघ । पश्चिम चितवनमा रहेको भिमनगर माबिमा आयोजना गरिएको अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगितामा द्वय उधमशील आमा समूह र उपकार आमा समूह प्रथम भएका छन् । बिद्यालयको ५९ औ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा २ टिमले समान अंक प्राप्त गरेपछि प्रथम घोषणा गरिएको बिद्यालयका प्रध्यानाध्यापक कोमलनाथ घिमिरेले जानकारी दिए ।
त्यस्तै नवजागृति आमा समूह र धर्म भकारी आमा समूह दित्तीय हुदा जनजागृति तृतीय भएको हो । बिद्यालयको कार्य क्षेत्र भित्रका आमा समूह बीच गरिएको हाजिरीजवाफमा ५ टिम सहभागी थिए । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्रीलाल अधिकारी, पूर्व बिद्यालय ब्यबस्थापन समिति सदस्य लक्ष्मी कान्त दवाडी लगाएतले शुभकामना ब्यक्त गरेका थिए । पश्चिम चितवनमा अवस्थित सो बिद्यालयले उत्कृस्ट शैक्षिक गुणस्तर कायम गर्दै आएको छ । बिद्यालयको ५९ औ बार्षिकोत्सवको समापन माघ १७ गते हुनेछ ।

Advertisements

LEAVE A REPLY