कांग्रेसले माघ २१ गते भरतपुरमा शक्तिप्रदर्शन गर्ने

0
204

चितवन, माघ १५ । सरकारको कार्यशैलीको विरोध गर्दै नेपाली कांग्रेस चितवनले माघ २१ गते विरोध सभा गर्ने भएको छ ।

Advertisements

दुई तिहाइको आडमा जनविरोधी काम गरेको भन्दै कांग्रेसले विरोध सभा गर्न लागेको हो । सरकारले सुशासन कायम गर्न नसकेको भन्दै सरकारविरुद्ध भरतपुरमा शक्ति प्रदर्शनको तयारी सुरु गरिएको नेपाली कांग्रेस चितवनले जनाएको छ । माघ २१ गते सोमबार भरतपुरमा मध्यान्न सवा १२ बजे चौबिसकोठीबाट ¥याली सुरु गरी पुलचोकमा सभा गरिने नेपाली कांग्रेस चितवनले जनाएको छ ।

भेलाका लागि आज पार्टीको जिल्ला, क्षेत्र र नगर समिति, भातृ एवम् शुभेच्छुक संघसंस्थाका प्रमुखसँग कार्यक्रमको तयारीबारे छलफल गरिएको थियो । सरकारले महंगी, भष्टाचार एवम् थुप्रै जनहितविपरित काम गरेकोले विरोधमा चितवनमा कार्यकर्ता उतार्ने तयारी भएको सभापति जीतनारायण श्रेष्ठले बताए । बैठक राखेर सबैलाई आफ्नो तहमा लाग्न निर्देशन दिएको उनले बताए । उनले सरकारको दमन विरुद्ध लाग्न सबैलाई अपिल पनि गरेका छन् ।

चितवनमा हुने विरोध कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गरेको देशब्यापी विरोधको कार्यक्रमअन्र्तगत चितवनमा बृहत् विरोधको कार्यक्रम गर्न लागेको चितवन कांग्रेसले जनाएको छ । चितवनको कार्यक्रमलाई भब्य बनाउनका लागि तयारी तीव्र पारिएको सचिव उत्तम जोशीले बताए ।

संसदमा माघ ११ गते प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द केसीको अनसनप्रति सरकार संवेदनहीन भएको आरोप लगाउँदै त्यस्तै पार्टीका पूर्वसभापति पूर्वप्रधान मन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताललाई नामेट गर्न लागेको भन्दै सरकारको यो कामको विरोध गरेको छ । देशब्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको भन्दै निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना हुँदा पनि अपराधी पत्ता लगाउन नसकेकोमा विरोधसभा केन्द्रीत गरिएको कांग्रेसले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता पार्टी सभापतिको उपस्थिती बिना संवैधानिक परिषद्को बैठक राखेर केही नियुक्ती गरेर लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना भएको भन्दै कांग्रेसले त्यसको विरोध गरेको छ । कांग्रेसको गत माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशब्यापी आन्दोलनको घोषणा गरेको थियो । नारायणीअनलाइनमा समाचार छ ।

LEAVE A REPLY