५ दिने उद्घोषण तथा नेतृत्व बिकास तालिम शुरु

0
254

गैडाकोट, माघ १५ । प्रतिस्पर्धामा खरो उत्र्रनका लागी दक्षता जरुरी हुन्छ, दक्षता तालिमबाट प्राप्त गर्न सकिने भरतपुर महानगर पालिका वडा नं १६ का वडा अध्यक्ष चतुरमान गुरुङ्गले बताए ।  आज जनजाति उपभोक्ता समिति भरतपुर महानगर पालिका वडा नं १६ ले आयोजना गरेको ५ दिने उद्घोषण तथा नेतृत्व बिकास तालिमको उद्घाटन गर्दे यस्तो बताएका हुन् । तालिमले सिप र जुक्ती सिकाउने हुनाले तालिम लिन आएकाहरु त्यसका लागि तल्लीन हुनुपर्ने उनले बताए । कार्यक्रममा गुरुङ्ग राष्ट्रिय परिषद भरतपुर महानगर समितिका सदस्य डोल बहादुर गुरुङ्ग मणि छेयोइप्पल शरण गुम्वाका अध्यक्ष यम बहादुर गुरुङ्ग , हस्त बहादुर घले,बेलप्रसाद गुरुङ्ग लगायतले शुभ कामना मन्तब्य ब्यक्त गरेका थिए ।  
तालिम यहि माघ १५ गते देखि १९ गते सम्म सञ्चालन हुनेछ । तालिम भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानिय जनजाती युवा यसवतीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । सो तालिमलाई पत्रकारहरु पूर्ण प्रसाद शर्मा र गोपाल दराईले सहजीकरण गर्ने छन् । कार्यक्रम जनजाति उपभोक्ता समिति भरतपुर १६ का अध्यक्ष बिर्खबहादुर घलेको सभापतित्वमा सम्पन्न भएको थियो । 

LEAVE A REPLY