चितवनमा क्रिकेट रंगशाला बनाउन एस ट्राभलले तीन करोड दिने घोषणा

0
217

चितवन, माघ १६ । चितवनको भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्ने औपचारिक घोषणा लगत्तै सहयोग जुट्ने क्रम सुरु भएको छ ।
काठमाडौंमा घोषणा कार्यक्रम भईरहँदा एस ट्राभल एण्ड टुर्सले रगंशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई तीन करोड रुपैयाँ दिने घोषणा गरेको हो । यस्तै कार्यक्रममै अल्का हस्पिटलले २५ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज गैंडाकोटले ७ लाख ७ हजार ७७ रुपैयाँ, हास्य टेलिऋंखला भद्रगोल टिमको तर्फबाट एक लाख, दिपिका थापाबाट एक लाख १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
रगंशाला निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ ।

Advertisements

LEAVE A REPLY