गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल भारत र पाकिस्तानको गर्ने तयारी

0
199

चितवन, माघ १६ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दुई वर्षमा चितवनमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो खेल भारत र पाकिस्तानको बीचमा हुने घोषणा गरेकी छन् ।

Advertisements

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आज काठमाडौँमा भएको घोषणा कार्यक्रममा बोल्दै मेयर दाहालले भारत र पाकिस्तानबीचमा देखिने शत्रुतापूर्ण व्यवहारमा कमी ल्याउन रंगशाला सफल हुने दाबी गरिन् । सोही अवसरमा मेयर दाहालले भनिन्, ‘भारत र पाकिस्तानबीचको खेल नत भारतमा हुन्छ, नत पाकिस्तानमा हुन्छ त्यसैले छिमेकी देशको नाताले हामीले हाम्रो रंगशालामा गर्न सकिन्छ ।’ कार्यक्रममा मेयर दाहालले क्रिकेट खेलप्रति नेपालमा आकर्षण र लोकप्रियता बढ्दै गएकोले पनि चितवनमा क्रिकेट रंगशाला बनाउनु ऐतिहासिक र हर्षको विषय भएको बताइन् । हरेक नेपालीलाई सुखी र खुसी राख्न ठूला पूर्वाधारको निर्माण गर्न सरकार एक्लैले सम्भव नभएकोले सार्वजनिक र निजी साझेदारीमा ठूलो योजना अगाडि बढाइएको उनले बताइन् ।

LEAVE A REPLY