क्रिकेट रंगशाला : एस ट्राभलले तीन करोड र चितवन उद्योग संघले ५१ लाख सहयोग गर्ने घोषणा

0
243

चितवन, माघ १६ । चितवनको भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्ने औपचारिक घोषणा लगत्तै सहयोग जुट्ने क्रम सुरु भएको छ । 

काठमाडौंमा घोषणा कार्यक्रम भईरहँदा एस ट्राभल एण्ड टुर्सले रगंशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई तीन करोड रुपैयाँ दिने घोषणा गरेको हो । यस्तै कार्यक्रममै अल्का हस्पिटलले २५ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज गैंडाकोटले ७ लाख ७ हजार ७७ रुपैयाँ, हास्य टेलिऋंखला भद्रगोल टिमको तर्फबाट एक लाख, दिपिका थापाबाट एक लाख १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
चितवनको भरतपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाका लागि चितवन उद्योग संघले ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

Advertisements

काठमाडौंमा रगंशाला निर्माण गर्ने औपचारिक घोषणा लगत्तै सहयोग जुट्ने क्रममा सोही कार्यक्रममा चितवन उद्योग संघले सो रकम सहयोग गर्ने घोषणा गरेको हो ।
सो क्रममा एस ट्राभल एण्ड टुर्सले रगंशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई तीन करोड रुपैयाँ, अल्का हस्पिटलले २५ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज गैंडाकोटले ७ लाख ७ हजार ७७ रुपैयाँ, हास्य टेलिऋंखला भद्रगोल टिमको तर्फबाट एक लाख, दिपिका थापाबाट एक लाख १० हजार रुपैयाँ दिने घोषणा गरेको छ । रगंशाला निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ ।

LEAVE A REPLY