चितवन क्रिकेट रंगशाला बनाउन काँग्रेसले सबै सहयोग गर्ने

0
222

चितवन, माघ १६ । नेपाली काँग्रेसका महामन्त्री डा महामन्त्री शशांक कोइरालाले चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणमा काँग्रेसको सबै सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

Advertisements

रगंशाला घोषणा सभामा बोल्दै महामन्त्री कोइरालाले देशकै मध्यभागमा रहेको भरतपुरमा बन्ने रगंशालाले नेपालको खेल विकासमा सहयोग पुग्ने बताए । उनले भने–“अन्तराष्ट्रिय जगतमा सन्दीप, पारस, रोहितले क्षमता देखाई सके, रगंशालाले थप सहयोग पुर्‍याउने छ ।” नेता कोइरालाले सुविधासम्पन्न अन्तराष्ट्रिय क्रिकेट निर्माण घोषणाले इतिहास रचेको बताए ।

LEAVE A REPLY