न्याय माग्दै भण्डारामा चक्काजाम

0
187

अाशिष उप्रेती, चितवन, माघ १६। पूर्वी चितवनको राप्ती नगरपालिका ६, भण्डारामा महिलाको हत्यारा पक्राउ गर्न दवाब दिन स्थानीय बासीले चक्काजाम गराएका छन् । भण्डारामा सोमबार राती खुकुरी प्रहारबाट रुपा थापाको विभत्स रुपमा हत्या भएको घटनाको न्याय माग्न पुगेको स्थानियबासीलाई खैरहनी प्रहरीले न्याय माग्नको लागि भण्डारा नै जान निर्देशन दिएपछि अाक्रोसित भएको स्थानियबासिले अाज भण्डारा बजारमा केहीबेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेको थियो । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ ।

LEAVE A REPLY