समाजवाद उन्मुख लोकतन्त्रले मात्र समृद्धि सम्भव : कांग्रेस नेता डा महत

0
171

चितवन, माघ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री रामशरण महतले समाजवाद उन्मुख लोकतन्त्रले मात्र समृद्धि ल्याउने बताएका छन् ।नेपाली कांग्रेस क्षेत्रीय समितिले रत्ननगरमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपालका तानाशाही कम्युनिस्टहरुले कांग्रेसको सिद्धान्तलाई अनुसरण गरेको उनको भनाइ छ । उनले कांग्रेसका कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
कांग्रेसले निर्वाचन हारेको भए पनि पार्टीको गरिमा कायम रहेकाले निराश हुने अवस्था नरहेको स्पष्ट पारेका हुन् । उनले तीन तहको निर्वाचनमा भएको कमजोरीलाई स्थानीयदेखि केन्द्रसम्म समीक्षा गर्नुपर्ने बताए । उनले विदेशी पूजिँलाई आकर्षण गर्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई संरक्षण र सहकारीलाई प्रवद्र्धन गर्ने नीति कांग्रेसले ल्याएको बताए । नेता महतले विदेशी लगानी आकर्षण गर्नुपर्ने बताए ।

Advertisements

कार्यक्रममा पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वसांसद सावित्री चौधरी, प्रवक्ता नीता ढकाल, महासमिति सदस्य सुशीला उपे्रती, नेपाली कांग्रेस खैरहनी नगर सभापति शशी खनिया, कालिका सभापति राजु श्रेष्ठ, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY