इन्द्रपुरीमा आकर्षक पार्क बन्दै 

0
240

शिव शर्मा चितवन १८ माघ । भरतपुर–६ इन्द्रपुरीमा विभिन्न मन्दिर सहितको पार्क बन्ने भएको छ । लक्ष्मी नारायण तथा ओमकार्यश्वर मन्दिर, पार्क तथा पूर्वाधार निर्माण आयोजनाको एक कार्यक्रमका बीच आज सहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै मन्त्री राईले सहरी बिकास मन्त्रालयका परियोजनाका लागि भरतपुर केन्द्रमा रहेको बताएका छन् । उनले भरतपुर महानगर र माडी नगरपालिकाको समग्र विकासको लागि एकीकृत सहरी विकास परियोजनालाइ अगाडी सारिएको बताए । ग्रामिण क्षेत्रको सौन्दर्यतालाई बिकास गरि पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणलाइ तिब्रता दिएको उनको भनाइ छ ।

Advertisements

सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तरगत पार्क निर्माण हुन लागेको हो । “एकै क्षेत्रमा सबै प्रकारको धार्मिक विविधतालाई मिश्रण गरि विकास गर्न लागिएको यस परियोजना आफैमा उदारणीय छ ।” उनले भने । मन्त्रालयको प्रथम चरणको ५ परियोजना मध्येको एक लक्ष्मी नारायण तथा ओमकार्यश्वर मन्दिरको पूर्वाधार र उद्यान निर्माणलाई सार्थकता दिन मन्दिर विकास समितिलाइ उनले निर्देश गरे ।

करिव १७ करोडको लागतमा बन्ने पार्कको निर्माणको जिम्मा रबिना कन्स्ट्रक्सन प्रालि काठमान्डौले पाएको छ । १६ करोड ९२ लाख ४३ हजार ६ सय ७१ को अनुमानित लागत रहेको पार्कको गत पुष १६ गते सम्झौता भएको थियो । २ बर्षमा निर्माण सक्ने गरि रु १० करोड ९० लाख ७३ हजार ६ सय ८२ मा ठेक्का सम्झौता भएको मन्दिर विकास समिति अध्यक्ष हरि कृष्ण सापकोटाले जानकारी दिए । आयोजनामा उद्यान,मठ मन्दिर धर्मशाला लगाएतका भौतिक पूर्वाधार निर्माण हुने छन् ।

LEAVE A REPLY