डा गोविन्द केसीले आज अनसन अनशन तोड्ने सम्भावना !

0
432

काठमाण्डु, १८ माघ । चिकित्सा शिक्षा विधेयक प्रति असन्तुष्टी राख्दै अनशनमा बसेका डा गोविन्द केसीले अन्तत: अनशन तोड्ने भएका छन् । गत पुस २५ गतेदेखि अनशनरत डा केसीले आज साँझ अनशन तोड्न लागेका हुन् ।

Advertisements

डा केसीको मागप्रति सरकारले कुनै चासो नदिएपछि उनले बाध्य भएर अनशन तोड्न लागेका हुन् । सरकारले डा‍ केसीसँग वार्ता गर्नुकाे कुनै तुक नरहेकाे बताएपछि केसी निरिह जस्तै बनेका थिए ।

स्रोतकाअनुसार सरकारले वार्ता गर्न कुनै चासो नदिएपछि डा केसीले आफ्नो जीवनरक्षाका लागि अनशन तोड्ने भएका हुन् ।

डा केसीलाई अनशन तोडेर खुसीयाली मनाउन सरकारले आग्रह गरेको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भइसकेको छ ।

२४ दिनदेखि अनशनरत डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालमा अनशन तोड्ने भएका हुन् । स्रोतका अनुसार हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवाले अनशन तोड्न आग्रह गरेका थिए । काठमान्डौ टुडेमा समाचार छ ।

LEAVE A REPLY