प्रथम दिवाकर स्मृति भलिबलको उपाधि पुलिसलाई

0
199

भरतपुर, १९ माघ । चितवनको माडीमा जारी प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

Advertisements

आज सम्पन्न फाइनल प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । पहिलो सेटमा २५–१८ ले जितेको पुलिस दोस्रो सेटमा १९–२५ ले पराजित भएको थियो भने लगातार तेस्रो सेटमा २५–१९ र चौथो सेटमा २५–१८ आफ्नो पक्षमा पार्दै पुलिसले उपाधि उचालेको हो ।

यस्तै आज सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा चुलो भलिबल क्लब नारायणगढलाई ३–० को सेटमा पराजित गदै सशस्त्र प्रहरी बल(एपिएफ)ले तेस्रो स्थान सुरक्षित गरेको हो ।

प्रथम स्थान हासिल गरेको पुलिसले नगद रु दुई लाख दोस्रो स्थान हासिल गरेको आर्मीले रु एक लाख र तृतीय स्थान हासिल गरेको एपिएफले रु ५० हजारसहित आकर्षक ट्रफी प्राप्त गरेको आयोजक युवा खेलकूद तथा सांस्कृतिक समिति माडीका अध्यक्ष हरि भुसालले जानकारी दिनुभयो ।

यस्तै विभिन्न विधाका खेलाडीलाई समेत सम्मान गरिएको छ । माघ १६ गतेदेखि सञ्चालन भएको भलिबल प्रतियोगितामा आठ राष्ट्रिय भलिबल टिमको सहभागिता रहेको थियो । रासस

LEAVE A REPLY