सरकारी गाडी जलाएको प्रति गगन थापाको आपत्ति

0
160

काठमान्डौ , २० माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारी गाडीमा आगजनी गरेको विषयप्रति कांग्रेस नेता गगन थापाले विरोध गरेका छन् ।

Advertisements

शनिबार नेविसंघका कार्यकर्ताहरुले केन्द्रको निर्देशन भन्दै सरकारी गाडीमा आगजनी गरेका थिए । तर, सांसदसमेत रहेका थापाले सरकारी गाडीमाथि आगजनी गर्नू निन्दनीय भएकाले दुरुत्साहन गर्न डटेर सामना गर्ने बताए ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने, ‘नेविसंघको नाममा केही विद्यार्थीले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु ।’

नेविसंघले शनिबार पोखरा महानगरपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका गाडी गाडी जलाएको थियो ।

शनिबार सार्वजनिक बिदाका दिन चलाएकाले सरकारी गाडी जलाइएको नेविसंघले जनाएको छ । संघका पूर्वकेन्द्रीय सदस्य सरोज केसीले बिदाका दिन सरकारी गाडी चलाए जलाउने केन्द्रीय नीति भएको बताएका थिए ।

काँग्रेसले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै देशव्यापी आन्दोलन घोषणा गरेको छ ।

LEAVE A REPLY