कांग्रेसले आज सदन अवरुद्ध नगर्ने

0
193

काठमान्डौ , २० माघ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा अवरोध नगर्ने भएको छ । डा। केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले कांग्रेसले संसद बैठकमा अवरोध नगर्ने भएको हो ।

Advertisements

डा। गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले यसअघि पटक पटक संसद बैठक अवरोध गर्दै आएको थियो ।

संसदमा आफूहरूले दिएको दबाबकै कारण तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सरकारले संघीय सरकार मातहत ल्याएको कांग्रेसका सांसद बद्री पाण्डेले बताए ।

त्यसैले आइतबार बोलाइएको संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक अवरोध नगरिने उनले जानकारी दिए । संसद सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेपछि बस्नेगरी बोलाइएको छ ।

LEAVE A REPLY