कांग्रेस चितवनको वृहत शक्ति प्रदर्शनको तयारी पुरा

0
233

चितवन २० माघ । सरकारको कार्यशैलीको बिरोध स्वरुप चितवनमा हुन लागेको नेपाली कांग्रेसको बृहत बिरोध प्रदर्शनको तयारी पुरा भएको छ ।  नेकपा नेतृत्वको ओली सरकारले गरेका पछिल्ला राजनैतिक गतिबिधि प्रति असन्तुष्टि जनाउदै नेपाली कांग्रेसले देश ब्यापी आन्दोलनको घोषणा गरे संगै चितवनमा बिरोध प्रदर्शनको आयोजना गरिएको हो । सरकारको कार्यशैली निरङ्कुश र अलोकतान्त्रिक भएको भन्दै प्रदर्शनको आयोजना गरिएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । उनका अनुसार भोली(सोमवार)हुने बिरोध सभा अघि चौबिस कोठीबाट बिरोध र्याली निकालिने छ । र्याली लाइन्स चोक–सहिद चोक हुदै पुल चोकमा गएर सभामा परिणत हुने छ । सभालाई नेपाली कांग्रेसका प्रवक्ता बिश्व प्रकास शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । सभाका लागि भात्री संगठन, सुभेच्छुक सस्था, क्षेत्रिय समिति तयारी अवस्थामा रहेको सचिव जोशीको भनाइ छ । केन्द्रिय समितिले तय गरेको राष्ट्रिय मुद्दा संगसंगै स्थानीय मुद्दाका बिषयमा समेत सभा केन्द्रित रहने उनले जानकारी दिए । रामपुर स्थित कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयमा देखिएको भर्ना प्रक्रियाको सम्बन्धको बिरोधलाइ समेत समेटिने उनको भनाइ छ । सो प्रदर्शनीका लागि सबै स्थानीय तह र वडा तहमा समन्वय र कार्यकर्ता प्रशिक्षण भएका थिए । प्रदर्शनलाइ कांग्रेस चितवनले शक्ति प्रदर्शनका रुपमा लिएको छ ।

LEAVE A REPLY