युएईविरुद्धको टि–ट्वान्टी सिरिज २–१ ले जित्यो

0
216

काठमाडौं, माघ २० । अन्तराष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा नेपालले अर्को इतिहास रचेको छ । विश्वकप टि–ट्वान्टी खेलेर इतिहास बनाएको नेपालले पहिलो पटक टि–ट्वाटी सिरिज जितेर अर्को इतिहास बनाएको हो ।

Advertisements

युएईविरुद्धको तीन टि–ट्वान्टी सिरिज नेपालले २–१ ले जित्दै इतिहास रचेको हो । आज भएको सिरिजको निर्णायक तथा अन्तिम खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्‍यो । १०५ रनको लक्ष्य पछ्याएको युएईलाई ९०/८ रनमा रोक्ने क्रममा नेपालका ललित नारायण राजवंशी, करन केसी र अविनाश बोहराले समान २/२, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए । युएइका लागि सैमन अनवारले ३०, घुलम सब्बरले २५ रन बनाए ।

यसअघि वर्षाले प्रभावित खेलमा टस हारेर पहिले व्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । वर्षाले ढिलो भएको खेल १० ओभरमा छोट्याइएको थियो । नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन, सन्दीप जोराले ११ बलमा २८ रन, विनोद भण्डारीले १३ बलमा २१ रन, करन केसीले ५ बलमा १० रन, ज्ञानेन्द्र मल्ले ९ बलमा ११ रन बनाए भने ओपनर पवन सराफ खाता नखोल्दै आउट भए ।

तीन खेलको सिरिजको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

आजको खेलमा करन केसी म्यान अफ दि म्याच घोषित भए भने राष्ट्रिय टोलीमा डेब्यु गरेका अविनाश बोहरा म्यान अफ दि सिरिज घोषित भए ।

LEAVE A REPLY