देवघाटमा हुने विराट ज्ञानमहायज्ञको शोभा यात्रा

0
223

चितवन,माघ २० । देबघाटमा आयोजना हुन लागेको देवधाटधाम विराट ज्ञानमहायज्ञ २०७५ पुर्ब सन्ध्यामा शोभा यात्रा निकालिएको थियो । शोभा यात्रामा महेश सन्यासका बटुक, हरीहर आश्रम, गलेश्वर आश्रम, धार्मीक सघंसस्था र बिभिन्न शैक्षिक सघंसस्था लगाएत ५० भन्दा बढि संस्थाहरुको उपस्थीती रहेको शोभायात्र संयोजक उमाशंकर अग्रवालले बताउनु भयो । माघ २२ गतेबाट फागुन १ गते सम्म सञ्चालन हुन लागेको विराट ज्ञान महायज्ञको पुर्ब सन्ध्यामा प्रचार प्रसारकोलागि शोभा यात्रा निकालिएको हो ।

Advertisements

तनहुको महेश आश्रम देवधाटमा हुने देवधाटधाम विराट ज्ञान महायज्ञको ९९ प्रतिशत तयारी पुरा भई सकेको छ । माघ महिनाको गुप्त नवरात्रको अवसरमा गण्डकीस्नानका साथै साधुसन्त एवं तपस्वीहरुको आर्शिवाद प्राप्त गर्न सकिने महायज्ञमा सहभागिता जनाई पुन्य आर्जन गर्न आउनका लागि सवैमा महेश आश्रमका पिठाधिश स्वामी रमणाचार्यले आग्रह गर्नु भएको थियो । महेश संन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसरमा देवधाटधाम, वैद्धिक यज्ञ संस्कृति एवं संस्कृत शिक्षाको प्रचार गर्ने उद्धेश्यले नेपालमा नै पहिलो पटक यस्तो अपुर्व महायज्ञ गर्न लागिएको महेश गुरुकुलका प्राचार्य गुरु प्रसाद सुवेदीले सम्मेलनमा जानकारी दिनुभयो ।

ज्ञान महायज्ञमा २२ गते महायज्ञ शुभारम्भ, गुरुकुल शिक्षण भवन समुद्धघाटन, सन्त सेवा आश्रम समुद्धधाटन, फागुन १ गते महायज्ञ पुर्णाहुति हुने र फागुन २ गते अवभृथ स्नान हुने छ । राष्ट्रपति विद्यादेवि भण्डारीले समुद्धधाटन गर्ने महायज्ञमा चतुर्वेद पाठ पारायण, महारुद्र भिषेक, ब्रहागायत्री लक्षहवन, शतचण्डी अनुष्ठान, गणेश, शिव, विष्णु सुर्यपुराण र देविभागवत पाठ पारायण, १०८ श्रीमद् भागवत, अष्ट्राचल सहित धान्यान्चल दान, तुलादान भुमिदन, गोदान र अन्नदान हुने प्रचार प्रसार संयोजक टंकनाथ पौडेलले जानकारी दिनुभयो ।

६० बटा उपसमिति गठन गरि कार्य अधि बढाईएको महायज्ञको अवसरमा राष्ट्रपति मार्फत ५ करोड लागतमा विद्यापिठ भवन र आचार्य बालकृष्ण मार्फत ३ करोडको लागतमा बनेको सन्त सेवा आश्रमको समुद्धधाटन हुने भएको छ ।

LEAVE A REPLY