चौथो क्यान इन्फोटेकको तयारी अन्तिममा,माघ २५ गते देखि सुरु हुदै

0
223

चितवन, माघ २० । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा प्रभु पे चौथो क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

Advertisements

माघ २५ देखि २९ गतेसम्म चितवनको भरतपुरमा हुने मेलाको पूर्वसन्ध्यामा निजी तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिम प्रदान, आईडिया हन्ट, कार्यक्रमलगायतका केही कार्यक्रमहरु गरिसकेको क्यानका जिल्ला उपाध्यक्ष विष्णु लामिछानेले बताए ।

क्यान चितवनका कोषाध्यक्ष दिलिपकुमार तामाङले प्रविधिको मेलामा प्रविधिकै प्रयोग गरेर मेलालाई जति सक्दो भब्य र नमुना बनाउन लागिपरेको बताए । यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिएको समेत उनको भनाइ छ ।

मेलामा ८० लाखको कारोबार गर्ने लक्ष्य राखिएको बताउँदै तामाङले स्टल बुकिङ लगभग अन्तिम चरणमा पुगेको र तयारी समेत अन्तिम अवस्थामा पुगि सकेको जानकारी दिए । ‘चितवनको समृद्धि सूचना र प्रविधि भन्ने नारासाथ भरतपुरको अन्तर्रा्ष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको मेला आईटी क्षेत्रको बिकासको कोशेढुगां हुने आफुहरुले अपेक्षा गरेको तामाङले बताए ।

मेलामा आईटीसम्बन्धी अन्तरकिया, डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, केलजस्तरीय हाजिरीजवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार आयोजना नित्य प्रतियोगिता लगाएतका धेरै कार्यक्रम हुने र केही भइसकेको सचिव सन्तोष भुषालले बताए ।

मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षा सम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायत ८० बढी स्टल रहने क्यान चितवनले जनाएको छ ।

अन्तरविद्यालय नृत्य प्रतियोगिता, टोल विकास संस्थाका प्रतिनिधिलाई सूचना प्रविधिसम्बन्धी साक्षरता कार्यक्रमसमेत मेलामा हुने छन् । यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिँदैछ । मेला प्रवेशका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ को टिकट व्यवस्था गरिएको छ । करीब डेढ लाखले मेला अवलोकन गर्ने र ८० लाखको कारोबार हुने आयोजकको लक्ष्य छ । यसको मुख्य प्रायोजक प्रभु पे रहेको छ भने सहप्रायोजक अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट रहेको छ ।

LEAVE A REPLY