व्याजदर बृद्दी प्रति उद्योग बाणिज्य संघ चितवनको गम्भीर ध्यानाकर्षण

0
391

चितवन, २१ माघ । बैंक तथा बित्तिय सस्थामा एकतर्फी भएको व्याजदर बृद्दी प्रति उद्योग बाणिज्य संघ चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर अत्याधिक बृद्दी हुदा उद्योग ब्यबसाय क्षेत्रमा लागत मूल्य बृद्दी भएको संघले बताएको छ । आज एक बिज्ञप्ति जारि गर्दै बैंक तथा बित्तिय सस्थाले व्याजदर बृद्दीलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिवद्दता कार्यान्वन नगरी एकतर्फी रुपमा बढाएको संघले आरोप लगाएको छ । “चर्को ब्याजदर बृद्दिका कारण निजि क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बृद्दी भएको र नया परियोजना ल्याउन नसकिने स्थिति सृजना भएको छ ।” संघका अध्यक्ष सहनलाल प्रधान द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ । अव्यवहारिक ढंगबाट एकतर्फी रुपमा व्याजदर बढाउदा बिगत र बर्तमानको लगानीलाइ प्रतक्ष्य प्रभाव पार्ने संघको ठहर छ । उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमतामा ह्रास भएर लगानीलाई निरुत्साहित गर्ने संघको टिप्पणी छ । बढ्दो व्याजदरलाइ नियन्त्रण गर्न संघले सरकार, अर्थ मन्त्रालय लगाएत अन्य सरकारी निकाय समक्ष माग समेत गरेको छ ।

LEAVE A REPLY