आफ्नो गाउ चिनाए बापत १ लाख पुरस्कार !

0
187

चितवन २१ माघ । आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा अन्तरगत ‘मेरो गाउँ मेरा ठाउँ’ भिडियो प्रतियोगिता सुरु भएको छ । वि वील राईज फाउण्डेसनले जनवरी १ तारिकदेखि सरु गरेको प्रतियोगिता ४ महिनासम्म चल्ने सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । मेरो गाउ मेरो ठाउ भिडियो प्रतियोगिता मार्फत आफ्नो क्षेत्रमा रहेको तर प्रचारमा नआएको विषय वस्तु समेटेर छोटो भिडियो प्रतियोगितामा समावेश गर्न सकिने फाण्डेसनका अध्यक्ष निर्मल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार वी वील राइज फाउण्डेशनले पर्यटन वर्ष सन् २०२० को अवर पारेर यो प्रतियोगिता आयोजना गरेको हो ।

Advertisements

आफ्नो क्षेत्रमा रहेका महत्वपूर्ण ठाउँ तर प्रचारमा नआएकोलाई धेरैमा ५ मिनेटको बृतचित्र (डकुकेन्ट्री) निर्माण गरेर प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था छ । आफ्नो गाउ आफै चिनाउने भन्दै छोटो भिडियो प्रतियोगिताको आयोजना गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आफ्नो भाषामा यस्ता सामग्री फाउण्डेशनको वेवसाइड मार्फत पठाउने सकिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

उत्कृष्टताको चयन गर्न डकुमेन्ट्रि निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्रि निर्माता महोन मैनाली, चलचित्र निर्देशक सम्झना उप्रेती, बरिष्ठ साउण्ड विज्ञ प्रदिप उपाध्याय र नेपाल पर्यटन बोर्डको सिईओ दिपक जोशी निर्णयक मण्डलमा रहेका छन् । यसबाट छानिएका उत्कृष्ट भिडियोलाई पुरस्कारको समेत व्यवस्था भएको फाउण्डेशनका अपरेशनल डाइरेक्टर अनुप बरालले जानकारी दिए ।

प्रतियोगितमा पहिलो भएको भिडियोका सर्जकलाई एक लाख रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ तथा तेस्रो हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कार व्यवस्था समेत रहेको छ । त्यस्तै, उत्कृष्ट भिडियोहरुलाई सामाजिक सञ्जालमा राखिने र जसमध्ये सर्वा्धिक लाइक, कमेन्ट तथा शेयरको आधारमा एउटा भिडियोलाई पिपुल च्वाइस अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । पिपुल च्वाइस अवार्ड पाउने भिडियोका सर्जकले समेत एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरि सर्वोकृष्ट भिडियो सम्पादन र सर्वोकृष्ट स्क्रिप्ट भएको भिडियोले समेत २५र२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

LEAVE A REPLY