सौराहा फुड फेष्टिवल दुई दर्जन कलाकारको प्रस्तुतीमा रम्दै

0
196

सौराहा २१ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २८ गतेबाट सुरु हुने सौराहा फुड फेष्टिवलमा करिव दुई दर्जन कलाकारहरुले आफ्नो प्रस्तुती गर्दैछन । रेवान सौराहाले रत्ननगर ७ सिसुवार चौरमा आयोजना गरेको फेष्टिवलमा स्वदेशी तथा विदेशी पर्यटकलाई उत्कृष्ट खानाको स्वादमा साँङ्गेतिक माहोलमा झुमाउन दुई दर्जन कलाकार सौराहा ल्याउने भएको हो । फेष्टिवलमा प्रस्तुती गर्ने कलाकारहरुको नाम यस प्रकार रहेको छ । आधुनिक तर्फ आस्था राउत, मिलन अमात्य,निसान भट्टराई,रमेशराज भट्टराई,मनोज महतो,दि न्याटिभ व्याण्डले प्रस्तुति दिने रेवान सौराहाले जनाएको छ । लोक तथा दोहोरी तर्फ पशुपति शर्मा,मिलन लामा,बसन्त थापा,प्रकास सपुथ,जीवन दाहाल,राजु गुरुङ,अर्जुन सापकोटा,प्रकास कटुवाल,देवी घर्तिमगर,शान्ति श्री परियार,सम्झना भण्डारी,दुर्गा सापकोटा,सावित्री जोशी,रुपा घर्तिमगर र हास्य व्याङग्य तर्फ भद्रगोलका जिग्री र पाडेले प्रस्तुति दिने तय भएको छ ।
महोत्सवमा सास्कृतिक प्रस्तुतिका साथै विभिन्न झाकी प्रदर्शन गरिने छ । रेस्टुरेन्टका कर्मचारी बीच वेटर रेस प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, नगर स्तरिय प्रतियोगिता लगाएतका प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन । फुड फेष्टिवलमा डेढ करोड देखि २ करोडको हाराहारीमा आर्थिक कारोवार हुने आयोजकको दावी छ । ५ दिन सम्म चल्ने महोत्सवमा दैनिक १५ हजार दर्शक आउने अपेक्षा गरिएको संयोजक गिरीले बताए । महोत्सव परिसर भित्र ५ बिशेष प्रदर्शनी सहित ४५ वटा खानाको स्टल हुनेछन ।

Advertisements

LEAVE A REPLY