चौथो क्यान इन्फोटेक मेलामा ‘PUBG’ को मज्जा !

0
218

चितवन, २१ माघ । माघ २५ देखि २९ गते सम्म चितवनको भरतपुरमा हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेलामा सूचना प्रबिधि सम्बन्धी अन्तरक्रिया हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा हुने मेलामा टोल सुधार समितिका पदाधिकारी सँग अन्तरक्रिया हुने छ । भरतपुर महानगरपालिका अन्तरगतका वडा न १०,११,१२,१ र २ मा रहेका वडाका टोल सुधार समितीबाट २ सय भन्दा धरैको सहभागिता हुने प्राबिधिक संयोजक इन्जिनियर कृष्ण पोख्रेलले बताए । उनका अनुसार माघ २६ गते (शनिवार) सामाजिक संजालको मर्या्दित प्रयोग गरि ब्यबसाय प्रवद्दन र साइवर क्राइम सम्बन्धि बिषय समावेश गरि अन्तरक्रिया हुने छ ।

Advertisements

त्यस्तै मेलामा युवा पुस्तामा अत्याधिक चर्चित अनलाइन खेल ‘पवजी’ प्रतियोगिता समेत हुनेछ । यो बिशुद्द मनोरन्जनात्मक खेल रहेको पोख्रेलले बताए । उनले अनलाइन र भिडियो खेल खेलेर समय बर्वाद गर्न नहुने संन्देश सो क्रममा युवा पुस्तालाई प्रदान गरिने बताए । अनलाइन ‘पवजी’ खेल प्रतियोगिता माघ २८ गते हुने छ ।

भरतपुरमा हुने मेलामा प्रवेशका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ को टिकट व्यवस्था गरिएको छ । करीब डेढ लाखले मेला अवलोकन गर्ने र ८० लाखको कारोबार हुने आयोजकको लक्ष्य छ । यसको मुख्य प्रायोजक प्रभु पे रहेको छ भने सहप्रायोजक अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट रहेको छ ।

LEAVE A REPLY