एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा विजयी नेपाली खेलाडीलाई पुरस्कार

0
162

काठमाडौँ, २१ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युएइविरुद्धको एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा विजयी नेपाली खेलाडीलाई सम्मान गर्नुभएको छ ।

Advertisements

खेल सम्पन्न गरी आज स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गर्दै उहाँले २१ खेलाडीलाई प्रोत्साहनस्वरूप जनही १० हजारका दरले पुरस्कृत गर्नुभएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले खेलाडीलाई थप सफलता प्राप्त गर्न हौसलास्वरुप व्यक्तिगत रुपमा उक्त प्रोत्साहन रकम उपलब्ध गराउनुभएको बताइएको छ । रासस

LEAVE A REPLY