क्रिकेट टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

0
175

काठमाडौँ २२ माघ । युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ।

Advertisements

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फर्म्याटको सिरिज जितेर फर्केको टोली नगदसहित सम्मान गर्ने निर्णय गरिएको खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।

मन्त्री विश्वकर्माले तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको पनि बताए ।

राष्ट्रिय खेलकुद परिषद्ले दुवै फर्म्याट्को सिरिज जितेर फर्किएको क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिनुपर्ने सिफारिस सोमबार मात्रै गरेको थियो ।

LEAVE A REPLY