भेनुजुयला बक्तव्यमा प्रचण्ड टसकोमस !

0
192

चितवन २४ माघ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेनुजुयला बारे आफू अडिक भएको बताउनु भएको छ । भरतपुर विमान स्थलमा आज विहान पत्रकार सम्मेलनमा कुरा गर्दै स्वतन्त्र देशलाई कसैले हस्तक्षेप गर्ने गरी वोल्न हुदैन भन्ने आशयले गरेको वक्तव्य सही भएको अडान राख्नु भयो । उहाले भन्नु भयो ‘स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा कसैले बाहिरबाट हस्तक्षेप नहोस भन्ने उद्देश्यले दिएको थियो’ उहाले भन्नु भयो ‘परराष्ट्र मन्त्रालयबाट आएको स्टेटमेन्ट पनि त्यही वक्तव्यकै आसयमा आएको छ, त्यसैले पनि पुष्टी गर्दछ ।’
पत्रकारले प्रधानमन्त्रीले त तपाइले जारी गरेको वक्तव्यमा चिप्लनु भएको भन्नु भएको भनी सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नु भयो ‘अस्ती प्रधानमन्त्री सहितको सचिवालयको वैठकले पनि हस्तक्षेपको विरोधमा स्टेटमेन्ट जारी भएकाले अरु कुराले अर्थ लाग्दैन ।’ प्रधानमन्त्रीले कुन सन्दर्धमा के भन्नु भएको हो त्यो मलाइ थाहा भएन । फेरि उहाले त्यसो भन्नु भएको जस्तो लाग्दैन । मैले जारी गरेको विज्ञप्तिमा म अडिक छु, सरकार, पार्टीबाट जसरी वक्त आएको छ त्यही आधिकारिक हो ।
पार्टी एकताको विषय फागुन महिनाको पहिलो साता भित्र टुङगिएर पार्टीको अभियान सञ्चालनको तयारीमा रहेको बताउनु भयो । उहाले भन्नु भयो आज बस्ने कार्यदलको वैठकले प्रतिवेदन टुङग्याउदै छ, त्यसैको आधारमा हामीले फागुनको पहिलो साता भित्र पार्टी एकताको कुरा सकिएर द्रुत गतीमा लाग्ने छ ।

Advertisements

सरकारले काम गरेन भन्ने पत्रकारको जिज्ञासामा पार्टी अध्यक्ष प्रचण्डले भन्नु भयो ‘सरकारले काम गरेको छ, दिनप्रतिदिन काम गरेको देखिदैछ, सरकारले गति पक्रिदै छ । हेर्दै जानुहोस तपाइहरुले देख्नु हुने छ ।’
भरतपुर महानगरमा रिङ रोड बनाउन नारायणी र राप्तीको तटवन्धनको कामको लागि डीपीआर तयार गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयमा काम शुरु भएको प्रचण्डले जानकारी दिनु भयो । चितवन ३ का साँसद समेत रहनु भएका प्रचण्डले यो चितवनको लागि ज्यादै महत्वपूर्ण छ यसले यहाँको रुप रंगमा धेरै परिवर्तन गर्नेमा उहाले विश्वास व्यक्त गर्नु भयो ।
माडीको निकुञ्जको विषयमा आएको समस्या समाधानको लागि सरकारले ठोस कदम चाल्ने जानकारी दिनु भयो ।

LEAVE A REPLY