बैँकहरुले गरेको व्याजदर वृद्धिप्रति चितवन च्याम्बरको आपत्ती

0
225

चितवन, माघ २४ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय एकतर्फीरुपमा ऋणको ब्याजदरमा अत्यधिक वृद्धि गरिएको भन्दै चितवन च्याम्बर अफ कमर्सले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisements

चितवन च्याम्वर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दे यसले उद्योग व्यवसाय क्षेत्रको लागत मूल्य वृद्धिभई सञ्चालनमा कठिनाइ उत्पन्न भएको उल्लेख गरेका छन् । ‘चर्को व्याजदर वृद्धिका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाहरुको लागत वृद्धि भएको छ भने अर्कोतर्फ नयाँ परियोजना ल्याउन र नयाँ उद्योग र कलकारखानाहरु खोल्न र नयाँ व्यवसाय सुरु गर्न नसकिरहेको अवस्था छ ।’ श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अव्यवहारिक ढंगबाट एकतर्फीरूपमा ब्याजदरमा वृद्धि हुँदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई समेत प्रत्यक्ष प्रभाव पार्ने उल्लेख छ । साथैं यसले समग्र अर्थतन्त्र प्रभावित हुने देखिएकाले ब्याजदर वृद्धिलाई निश्चित सीमा भित्र रहने वातावरण कायम गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक समक्ष विज्ञप्ति मार्फत् माग गरिएको छ । चितवन च्याम्बरले देशका विभिन्न भागमा व्याजदर नियन्त्रणको माग गर्दे भएका सबै प्रकारका आन्दोलन प्रति ऐक्यबद्धता पनि प्रकट गरेको छ ।

‘व्याजदरमा भएको वृद्धिले नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमता ह्रास हुनुका साथ उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । जसका कारण उद्योग क्षेत्रमा लगानीसमेत निरूत्साहित हुन पुगेको छ ।’ विज्ञप्तिमा भनिएको छ । च्याम्बरले तत्काल यसको नियन्त्रण गरी लगानीमैत्री वातावरण बनाउन सम्बन्धित पक्षसँग माग गरेको छ ।

LEAVE A REPLY