पूर्व ट्राफिक प्रमुख पन्त रेडियो कार्यक्रम मार्फत सचेतना अभियानमा

0
263

चितवन २४ माघ । सन्तोष पन्तको ‘सुरक्षा र सजगता’ रेडियो कार्यक्रम प्रसारण हुने भएको छ । पूर्व ट्राफिक प्रमुख समेत रहनु भएका सन्तोष पन्तले चितवनको पहिलो रेडियो सिनर्जी एफ.एम. ९१.६ मेघाहर्ज बाट उक्त कार्यक्रम सुरु गर्न लाग्नु भएको हो । जिवनको करिव २८ वर्ष नेपाल प्रहरीमा विताउनु भएका पन्तले झण्डै डेढ बर्ष चितवनको ट्राफिक प्रमुखको रुपमा सेवा प्रदान गर्नु भएको थियो । रेडियो कार्यक्रम ‘सुरक्षा र सजगता’ मार्फत पन्तले रेडियो कार्यक्रम प्रस्तोताको रुपमा डेब्यु समेत गर्नु भएकोछ ।
नेपाल प्रहरीको अवकास पछिको समयमा समेत समाजिक कार्यमा केहि गर्न सकिन्छ भन्ने सोचको साथ रेडियो कार्यक्रम सुुरु गर्न लागेको पन्तले बताउनु भयो । सामान्य कुरामा समेत ध्यान नपुग्दा ठुलो दुर्घटनामा मानिस पर्ने गरेको भन्दै उहाँले त्यसको सजगताको लागि कार्यक्रम ‘सुरक्षा र सजगता’ फलदायी हुने बताइएको छ । समय सापेक्ष दैनिक कार्य सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षा , नागरिक अधिकार, शान्ति सुव्यवस्था र कानुनी राज्यको अवधारणालाई मूर्तरुप दिन कार्यक्रमले सहयोग गर्ने पन्तले जानकारी दिनु भयो ।
उहाँका अनुसार देशमा शुशासन र अमर चयनको कुरा गर्दै गर्दा स्वयंम् व्यक्ति आफू चाहि कत्तिको सचेत छन् त भन्ने कुरा समेत कार्यक्रम बाट प्रष्ट परिने छ । मानिसको दैनिकिलाई आत्मसात गर्दै हरेक क्षेत्रमा अपराउनु पर्ने सजगताको बारेमा कार्यक्रमबाट स्रोतालाई जानकारी दिने कोसिस गरिएको पन्तले बताउनु भयो ।
‘सुरक्षा र सजगता’ को पहिलो श्रृङ्खला शुक्रवार विहान ७ः३० बजे प्रसारण हुने सिनर्जी एफ.एमले जनाएको छ । ‘सुरक्षा र सजगता’ कार्यक्रमलाई सिनर्र्जी एफ.एमले आफ्नो विशेष कार्यक्रमका रुपमा अंगीकार गरेकोे एफ.एमले जनाएको छ ।

Advertisements

LEAVE A REPLY