१३ औँ सौराहा फुड फेष्टिवल आजदेखी सुरु

0
299

चितवन २८ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा फुड फेष्टिवल आज देखी सुरु हुदैछ । रत्ननगर ७ स्थित सिसुवार चौरमा दिउसो २ बजे पुर्व अर्थमन्त्री एवंम प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।   पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले हुन लागेको फेस्टिवलमा केहि बेरमा शोभायात्रा निकालिने छ । उद्घाटन शोभा यात्रा राप्ति ड्याम बाट सुरु हुनेछ । राप्ति ड्याम हुदै गैडा चोक–हात्तीचोक, चरा चोक हुदै फेष्टिवल स्थलमा पुग्ने छ । रेवान सौराहाले प्रत्येक वर्ष प्रेम दिवसको अवसर पारेर आन्तरीक पर्यटक प्रर्वद्धन गर्ने उदेश्य राखी फेस्टिवल आयोजना गर्दै आएको छ । फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रर्दशनी स्टल रहने छन् ।


संस्कृति संरक्षणसंगै स्थानीय स्तरमा उपलब्ध हुने खानाको गुणस्तर बृद्धि गर्ने फेष्टिवलको अर्को उद्देश्य रहेको फेस्टिवल संयोजक धु्रव गिरीले वताए ।
फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले वताए ।


फेष्टिवलबाट भएको आम्दानीबाट आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालन सञ्चालन गर्ने, सौराहाको सरसफाईको ५ प्रतिशत रकम विनियोजन गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले वताए ।

LEAVE A REPLY