रु दुई करोड ५० लाख बुझाएर छुटे खड्का

0
203
Gopal Bahadur Khadka, the Managing Director of Nepal Oil Corporation insights on Nepal’s inability to make China its second fuel trading partner and other issues regarding the petroleum sector of Nepal, in Kathmandu, on Sunday, December 18, 2016. Photo: Balkrishna Thapa Chhetri/THT

काठमाडौँ, २९ माघ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ ।

Advertisements

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले आज बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्ने आदेश जारी गरेकोे विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा रु १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख थियो ।

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार २ वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिवाना तथा बिगो भराउन माग गरिएको थियो । खड्काले श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो । रासस

LEAVE A REPLY