बलेवामा प्याराग्लाइडिङको सफल परीक्षण

0
304
File photo

बलेवा, २९ माघ । बागलुङको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।
पोखराको लेक भ्याली प्याराग्लाइडिङ कम्पनीले आज सफल परीक्षण गरेको हो । बागलुङ नगरपालिका–१३ पैँञ्युपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी वडा नं १४ नारायणस्थानमा रहेको विमानस्थलनमा सफल अवतरण गरिएको पाइलट टेकबहादुर थापाले बताउनुभयो ।

Advertisements

प्रथम बलेवा महोत्सवका अवसरमा मुख्य आकर्षणका रुपमा प्रस्तुत गर्न लागिएको प्याराग्लाइडिङको आज परीक्षण उडान गरिएको थियो । परीक्षण सफल भएपछि महोत्सव अवधिभर छ प्याराग्लाइडिङ उडान गर्ने आयोजकले जनाएको छ ।

पोखरामा भइरहेको प्याराग्लाइडिङलाई बलेवामा पनि व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ परीक्षण गरिएको नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बताउनुभयो । रासस

LEAVE A REPLY