चितवनमा अन्तराष्ट्रिय रगंशाला बनाउन मलेसियामा उठ्यो ३५ लाख सहयोग

0
231

चितवन, माघ २९ । चितवनको भरतपुरस्थित रामपुरमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग जुटाउन विदेश भ्रमणमा निश्किएका सीताराम कट्टेल ‘धुर्मुस’ले मलेसीयामा सहयोग रकम जुटाएका छन् ।

Advertisements

उनले मलेसियाबाट सहयोगार्थ ३५ लाख ७१ हजार रुपैयाँ जुट्न सफल भएको जानकारी दिएका छन् । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रमबाट उक्त सहयोग जुटेको धुर्मुसले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।
मलेसियाका तीनवटा शहरहरु क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरिएको धुर्मुसले जानकारी दिए । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्योभन्दा बढी स्वःस्फुर्त तिनवटै कार्यक्रममा रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।’

कार्यक्रम स्थलबाट २० लाख ७१ हजार रुपैयाँ र आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले जनाएका छन् । साथै यो अभियानलाई सहयोग गर्न फेरि मलेसिया भ्रमणका लागि नेपाली दाजुभाई दिदीबहिनीले निम्तो गरेको उनले जनाएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले ३ अर्बको लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । रगंशालाको अहिले डीपीआरको काम चलिरहेको छ ।

LEAVE A REPLY