‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, अब कोही नेपाली भोकले मर्नु पर्दैन : प्रधानमन्त्री

0
263

काठमान्डौ ०१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै बस्नु नपर्ने र कोही नेपाली भोकले मर्नु नपर्ने बताएका छन् ।‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा सभामा बोल्दै प्रधानमन्त्री अ‍ोलीले यो एउटा नयाँ प्रयास भएको र रोजगार चाहनेहरुलाई व्यवस्थित गर्ने तर्फ सरकार लागेको बताए ।

Advertisements

नेपालका समस्याहरु मध्ये बेरोजगारी एक ठूलो समस्या रहेको बताउँदै अब गरिब देशको पहिचानलाई समृद्ध देशमा, अल्पविकशित देश भन्नेलाई विकशित देशको रुपमा चिनाउने तर्फ सरकार लागेको उनले दावी गरे ।

कुन व्यक्ति कुन ठाउँमा आवश्यक छ त्यस अनुसारको आपूर्ति गर्ने र रोजगारीका अभावलाई व्यवस्थित ढंगले समाधान गर्ने बाटोमा यो एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्रीले बताए ।

सरकारको एक वर्ष नेपालको लागि अचम्म हो
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष पूरा भएको देखेर नौ महिना पनि टिक्दैन भन्नेहरुलाई अचम्म लागेको बताए । उनले भने ‘एक वर्ष हुन लागिसक्यो सरकार गठन भएको, यो नेपालको लागि अचम्मको कुरा हो । स्थिर र बहुमतसहितको सरकार अब पाँच आरामसँग जान्छ ।’

त्यस्तै नेकपा भित्र फुटको अवस्था सृजना भएको भन्ने आरोपलाई कटाक्ष गर्दै प्रधानमन्त्री अ‍ोलीले भने ‘नेकपा भित्र समस्या पैदा गर्ने कोशिस थामिसक्नु छैन। नेकपामा समस्या पैदा गर्ने प्रयार नगरेपनि हुन्छ ।’ उनले आजको दिनलाई हरेक वर्ष रोजगार दिवसको रुपमा मनाउने पनि बताएका छन् ।

LEAVE A REPLY