फुड फेष्टिवल समग्र सौराहाको प्रवद्दनमा केन्द्रित छ : संयोजक ध्रुब गिरी (अन्तरवार्ता)

0
282

चितवन, ०१ फागुन । पर्यटकीय नगरी सौराहामा १३ औ संस्करणको सौराहा फुड फेष्टिवल अर्थात् खाना महोत्सव जारी छ । प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको अवसर पारेर सोमबारबाट सुरु भएको खाना महोत्सव फागुन ३ गते शुक्रबार सम्म चल्नेछ । पर्यटन वर्ष सन् २०२० लाइ सार्थक बनाउदै समग्र सौराहाको प्रवद्दनको लागि महोत्सव आयोजना गरिएको हो । सौराहाको विभिन्न बिशेषता र मौलिक खानाको समिश्रणका रुपमा महोत्सवलाइ व्याख्या गरिएको छ । समग्रमा महोत्सवको गतिविधिका सम्बन्धमा १३ औ सौराहा फुड फेष्टिवलका संयोजक ध्रुब गिरी संग गरिएको अन्तर्वार्ता ः–
सौराहा फुड फेष्टिवलको तेह्रौ संस्करण सम्म आइपुग्दा कस्तो अनुभव पाउनुभएको छ ?
१३ आंै संस्करण सम्म आइपुग्दा हामीले मेला महोत्सवको माध्यमबाट पर्यटकीय नगरी सौराहाको प्रवद्दन गर्न सकिन्छ भन्ने सिकेका छौ । अनुभव र भोगाइ नै ठुलो सिकाइ हो । अहिले नेपालमा आएका कुल पर्यटकको २२ प्रतिशत मात्र पर्यटक सौराहा आए । यो प्रतिशतलाइ हामी बडाउन चाहन्छौ । यसैको गृहकार्य फुड फेष्टिवल हो । प्रणय दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा सौराहालाइ चिनाउन यो फेष्टिवल महत्वपुर्ण छ ।
फेष्टिवलको माध्यमबाट स्थान प्रवद्दन कसरी गर्न सकिन्छ ?
सौराहाको पर्यटकिय गतिविधिलाइ चलायमान बनाई आन्तरिक तथा बाह्य पर्यटकलाई सौराहा भित्र्याउन फेष्टिवलले मद्दत गर्दछ । वास्तबमै सौराहा प्राकृतिक र सास्कृतिक विविधताले भरिपूर्ण छ । यहाँको हात्ती सफारी,जंगल सफारी, डुङ्गा सयर, थारु परम्परा पर्यटकको लागी केन्द्रमा रहन्छन । फेष्टिवलले यिनै सौराहाका महत्वपुर्ण आयामलाई निरन्तरता दिएको छ । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको बिशेषता” भन्ने मूल नारा साथ सौराहालाई महोत्सवमय बनाउन यसले भूमिका खेलेको छ । हामीले फेष्टिवलमा थारु सस्कृति झल्कने देखि अन्य विभिन्न जात जाति भेषभुषालाइ प्रवद्दन गरेका छौ, त्यसकारण यो सौराहाको प्रवद्दन र समग्र नेपालको चिनारीको रुपमा स्थापित भएको छ । यसले सौराहाको पर्यटन प्रवद्दनमा पक्कै पनि टेवा पुर्याएको छ ।
यो संस्करणको मुख्य बिशेषता के हो ?
पहिलो त यहाको विविधताको झल्को दिने थारु घर र थारु परिकार नै हुन् । प्राकृतिक सौन्दर्यतालाई झल्काउने आकर्षक गेट, प्लास्टिक मुक्त महोत्सव पनि आकर्षण हो । मौलिकताका खाना र सास्कृतिक प्रवद्दन सहितका प्रस्तुति दर्शकको मनोरन्जनका माध्यम हुन् । सास्कृतिक प्रस्तुतिका साथै विभिन्न झाकी प्रदर्शन गरिने छ । रेस्टुरेन्टका कर्मचारी बीच वेटर रेस प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, नगर स्तरिय भलिवल प्रतियोगिता लगाएतका प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन ।
महोत्सवलाई सामाजिक कार्य र उत्तरदायित्वमा कसरी जोड्नु भएको छ ?
रेवान सौराहाले गर्ने हरेक कायक्रमलाई हामीले समाजको हितमा जोड्ने गरेका छौ । टिकटबाट प्राप्त रकमको पच्चीस प्रतिशत रकम सिसुवार खेल मैदानको विकासको लागि खर्च गरिने छ । सौराहाको सरसफाइको लागि पांच प्रतिशत रकम उपलब्ध गराई दश प्रतिशत विपन्न बर्गका बालबालिकाको शैक्षिक उन्नयनका निम्ति शैक्षिक कोष खडा गरीने छ । आय स्रोतबाट केहि रकम उज्यालो सौराहालाई निरन्तरता दिन खर्च गरिने छ ।
कति आर्थिक कारोवारको अपेक्षा गर्नु भएको छ ?
फुड फेष्टिवलमा डेढ करोड देखि २ करोडको हाराहारीमा आर्थिक कारोवार हुने अनुमान छ । ५ दिन सम्म चल्ने महोत्सवमा दैनिक १५ हजार दर्शक आउने अपेक्षा हामीले गरेका छौ । महोत्सव परिसर भित्र ५ बिशेष प्रदर्शनी सहित ५० वटा खानाको स्टल हुनेछन । जसमा खानका पारखी अवलोकनकर्ताले आफ्नो चाहना अनुसारको स्वाद लिन पाउनुहुनेछ । यो संस्करणको महोत्सवमा मुल्यसुचीलाइ व्यवस्थित गरी एकरुपता ल्याउन कडाई गरिने छ । रेवान सौराहाको आयोजनामा हुने फुड फेष्टिवलमा रेवान महिला समूह,क्षेत्रिय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती संचालन सहकारी सह–आयोजक हुनुहुन्छ । नेपाल पर्यटन बोर्ड, प्रदेश स्तरिय पर्यटन मन्त्रालय र संरक्षण तथा पर्यापर्यटन प्रवद्दन समिति बाघमाराले फेष्टिवलको प्रवद्दन गर्नु भएको छ । यसले महोत्सवलाइ सफल बन्नेमा बिस्वस्त छौ ।

Advertisements

LEAVE A REPLY