अब केही दिन वर्षा र हिमपातको सम्भावना

0
277

काठमाडौं ०२ फागुन ।आज (बिहीबार) देखि फेरि मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावअन्तर्गत पानी पार्ने नयाँ प्रणाली प्रवेश गरेको हो।
मौसमविद् शान्ति कँडेलका अनुसार उक्त प्रणालीले अब केही दिन देशका धेरैजसो ठाउँमा वर्षा गराउने सम्भावना छ। आज विशेष गरी देशको पश्चिमी भू-भागमा वर्षा गराउनेछ।

Advertisements

यसैगरी दिउँसो १/२ बजेपछि काठमाडौंमा पनि पानी पर्ने अनुमान छ। पूर्वका केही स्थानमा पनि आज वर्षा हुने देखिएको छ।

‘यो नयाँ खालको प्रणाली हो, जुन पहिलेको जस्तो शक्तिशाली पनि छैन र दोस्रोपटक भित्रिएको जस्तो कमजोर पनि हैन,’ नेपालखबरसँग कुरा गर्दै मौसमविद् कँडेलले भनिन्, ‘यसले पहिलेको जस्तै व्यापक वर्षा नगराए पनि वर्षा चाहिँ गराउँछ।’

उनका अनुसार यसरी वर्षा गराउने एउटा प्रणाली जाने र अर्काे नयाँ प्रणाली आउने क्रम चलिरहन्छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसाे देशको पश्चिमी भू-भागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

पूर्व र मध्य नेपालमा सामान्य बदली रही मध्य र पूर्वका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

यस्तो छ जल तथा माैसम पूर्वानुमान महाशाखाले गरेकाे तीन दिनकाे माैसम अनुमानः

फागुन २ गते (आज)
दिउँसोः देशको पश्चिमी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पूर्व र मध्य नेपालमा सामान्य बदली रही मध्य र पूर्वका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम किसिमको हिमपातको सम्भावना छ।

रातिः देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र मध्य भू-भागका थोरै स्थानहरूमा क्षणिक वर्षाको सम्भावना छ। पूर्वी पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

फागुन ३ गते
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भू-भागका केही स्थानहरूमा क्षणिक वर्षाको सम्भावना छ। मध्य पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति स् देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भू-भागका केहि स्थानहरूमा क्षणिक वर्षाको सम्भावना छ भने मध्य र पूर्वका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

फागुन ४ गते
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानमा र पूर्व र मध्य नेपालका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

रातिः देशको पश्चिमी र मध्य भू-भागमा आंशिक बदली र पूर्वी भू-भागमा सामान्य बदलि रही पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना छ। नेपाल खबरमा समाचार छ ।

LEAVE A REPLY