युवाको क्षमता संगै नवलपुरको पर्यटन विकासमा जुट्दै नवलपुरे युवा

0
186

कावासोती, फाल्गुन ०२ । कावासोतीमा नवलपुर युवाउत्सव हुने भएको छ । सहयोगी संस्था, दिपआर्दश सामाजिक विकास नेपाल (ड्याड नेपाल) र आउँ युवा देश बनाऔं सस्थाको संयुक्त आयोजना फाल्गुन ११ गते नवलपुरमा जिल्ला युवा उत्सव २०७५ हुन लागेको हो ।

Advertisements

कावासोतीमा आज (विहिवार) पत्रकार सम्मेलन गर्दै नवलपुरका युवाहरुले आफ्नो क्षमता विकास संगै नवलपुरको पर्यटन विकासका लागियुवा उत्सव गर्न लागेको जानकारी दिए ।

कार्यक्रम संयोजक किरण भुर्तेलका अनुसार युवाहरुको संम्भावना र क्षमताको उजागर गर्दै नवलपुरको पर्यटन विकासका लागि युवा उत्सव गर्न लागिएको हो ।

युवा उत्सवमा युवा उद्यमशिलता, लागुपदार्थ दुव्र्यशनी,सामाजिक समस्याहरुको  न्युनिकरण लगायतका विविध बिषयमा छलफल गर्दै सब्य समाजको निर्माणमा युवाहरुलाई प्रेरित गरिनेछ ।

संयोजक भुर्तेलकाअनुसार गो्िष्ठमा भिजिट नेपाल २०२० लाई प्रवद्धन गर्न युवाहरुको भुमिका माथि छलफल समेत हुनेछ । छल्फलमा उठेका विषय बस्तुलाई आत्मसात गर्दै फाल्गुन ४ गते बाट बैशाख ४ गते सम्म नवलपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेर नवलपुरका पर्यटकीय क्षत्रको बारेमा नवलपुर भिजिट गाईटलाईन प्रकाशन गरिने बताए ।

कार्यक्रमका प्रवक्ता तिर्थराज काफ्लेका अनुसार युवा उत्सव कार्यक्रममा नवलपुर जिल्ला भित्रका प्रत्यक स्थानिय तहबाट युवाहरुको सहभागीता रहनेछ । उनका अनुसार उत्सवमा १५० युवाहरुको सहभागीता रहने ।

कार्यक्रमका अर्थिक संयोजक विमल अधिकारीका अनुसार युवा उत्सव र भिजिट नवलपुर अभियान सम्पन्नगर्न १ लाख बढि खर्च हुनेछ ।आयोजकका अनुसार सरकारले पर्यटन वर्ष २०२० बनाउदै गर्दा नवलपुरमा पर्यटनको संख्या वृद्दि गर्नको लागि नवलपुर भिजिट अभियान संचालन गरेको बताएको छ । मौलाकालीका मन्दिर, सास्वतधाम , दाउने मन्दिर , मध्यवक्ती क्षेत्र, देवचुली डाडाँ लगायतका पर्यटकीय क्षेत्र छन । भने पछिल्लो समय नवलपुरमा ठुला होटल तथा विभिन्न संस्कृती झलकाउने आदिवासीहरुको होमस्टे हरु समेत संचालन हुन थालेका छन ।

LEAVE A REPLY