स्थानीय तहले प्राप्त गरेको अधिकार खोसिँदैन ः उपसभामुख

0
280

उर्लाबारी, २ फागुन । प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले स्थानीय तहले प्राप्त गरेको अधिकार नखोसिने बताउनुभएको छ ।

Advertisements

आज मोरङको मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेका अन्तरसंवाद कार्यक्रममा सहभागीले राखेको प्रश्नको जवाफ दिँदै उपसभामुख तुम्बाहाम्फेले सो कुरा बताउनुभएको हो ।

अन्तरसंवाद कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिले मिक्लाजुङ क्षेत्रका समस्या शिक्षा, यातायात, पुल, उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड निर्माणमा भएका ढिलासुस्ती र मिक्लाजुङको वडा नं १ लाई जडीबुटी खेतीमा अगाडि बढाउनु विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले आफूले यस क्षेत्रमा देखिएका समस्यालाई गम्भीरताका साथ लिएको र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

LEAVE A REPLY