चितवनको राप्ती नदिमा छाडियो २४ गोही

0
293

चितवन,फागुन ३ । चितवन राष्ट्रि निकुन्जको गोही प्रजनन् केन्द्रमा संरक्षण गरिएका दुई दर्जन गोही राप्ती नदिमा छाडिएको छ । प्रत्यक बर्ष जस्तै यसबर्षपनि निकुन्ज मुख्यालयको कसरा नजिकै २ भोले सहित २४ वटा गोही छाडिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राप्ती नदिमा गोही छाडेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

Advertisements

सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले गोही संरक्षण कार्यका लागि महानगर सधै सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभयो । गोही संरक्षणका लागि जनता जागरुक हुनुपर्ने,स्थानिय संघसंस्थाहरु सजक बन्नुपर्ने र स्थानिय सरकारहरु सहयोगी बन्नुपर्ने बताउनुभयो । नदि आसपास जोडिएका वडाध्यक्षहरुलाई विकासका काम गर्दा संरक्षणलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

सो अवसरमा चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले संरक्षण विना पर्यटन सम्भव नभएकाले अति दुर्लभ गोहीको संरक्षणका लागि जनप्रतिनिधिहरु सकरात्मक हुनुपर्ने बताउनुभयो । उहाँले निकुन्जले गोही संरक्षणका लागि निरन्तर अभियान संचालन गरेको बताउनुभयो ।

सो अवसरमा पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो,वडा नम्वर २३ का वडाध्यक्ष नरिनारायण पौडेल,पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायण अधिकारी लगाएतले पछिल्लो समय नदिमा प्रदुषण बढ्दा गोही लगाएतका जलचरहरुको स्थिति संकटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

हालसम्म नेपालका विभिन्न नदिमा गरि १३ सय ६५ गोही प्राकृतिक बासस्थानमा छाडिएको छ भने यो बर्ष पनि करिब १ सय गोही नदिमा छाड्ने चितवन राष्ट्रिय निकुन्जको तयारी छ । २०१६ को गोही गणना अनुसार १ सय ९८ वटा मात्रै घडियाल गोही नदिहरुमा जिवित छन् । प्राकृतिक बासस्थानमा छाडिएका मध्य पाँच प्रतिशत मात्रै बाँच्ने,नदिहरु प्रदुषण हुने,मानवको नदिमा अतिक्रमण बढ्ने लगाएका कारणले गर्दा गोही संकटमा रहेको चितवन राष्ट्रिय निकुन्जका साहयक संरक्षण अधिकृत बेद कुमार खड्काले बताउनुभयो ।

LEAVE A REPLY