सपना भिलेज सोसल इम्प्याक्ट सम्मानित

0
229

सौराहा ०४ फागुन । सामाजिक क्षेत्रमा क्रियाशिल सपना भिलेज सोसल इम्प्याक्ट सम्मानित भएको छ । सौराहाका रेष्टुरेण्ट व्यवसायीहरुको साझा संस्था रेष्टुरेण्ट एण्ड वार एसोसियसन(रेवान) सौराहाले फुड फेष्टिवलको समापन कार्यक्रमको अबसर पारेर इम्प्याक्टलाई सम्मान गरेको हो । सीमान्तकृत सामुदायको आयआर्जन,शिक्षा,स्वास्थ्य,आवास,खानेपानी लगायतका क्षेत्रमा निश्वार्थ रुपले काम गर्दै आएको इम्याक्टले गरेका कामको उच्च मुल्याङकन गरी सम्मान गरिएको हो । इम्प्याक्टले रेवान सौराहासंग सहकार्य गरी थुप्रै सामाजिक काम गर्दै आएको छ । फेष्टिवल समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वन र रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले इम्प्याक्टका अध्यक्ष धु्रव गिरी लगायत निर्देशकहरुलाई सयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए । संस्थागत रुपमा गरिएको सम्मानले सामाजिक क्षेत्रका काम गर्ने अझ बढि हौसला प्रदान गरेको अध्यक्ष धु्रब गिरीले बताए । सपना भिलेज सोसल इम्प्याक्ट चेपाङ समुदायक जीवन स्तर उकास्न सिद्धिमा प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक कार्यक्रम सञ्चालन गरिरहेको छ । शिक्षाको विकासको लागि सौराहामा सपना स्कुल सञ्चालन,मुसहर समुदायलाई आवास निर्माण,किशोरीलाई गाइड तालिम,विपन्न समुदायलाई खानेपानीको लागि धारा लगायतका थुप्रै सामाजिक काम गर्दै आएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

Advertisements

LEAVE A REPLY