चितवनमा ३२ बर्षिय युवामाथि खुकुरी प्रहार

0
248

चितवन,फागुन ५ । चितवनको खैरहनीमा ३२ बर्षिय एक युवक खुकुरी प्रहार बाट गम्भीर घाइते भएका छन् । मोटरसाइकल र स्कूटरमा आएको युवाहरुको समूहले खैरहनी नगरपालिका ५ गौचरनमा धारिलो हतियार प्रयोग गरि खैरहनी ६ का ३२ बर्षिय विकास श्रेष्ठलाई घाइते बनाएको हो ।

Advertisements

खुकुरी प्रहारबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको हात र खुट्टामा चोट लागेको छ । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

LEAVE A REPLY