धितोपत्र बजार : तीन अङ्कले घट्यो

0
257

काठमाडौँ, ५ फागुन । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३।१५ विन्दुले घटेर एक हजार १०९।७२ विन्दुमा पुगेको छ ।

Advertisements

यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।७६ विन्दुले घटेर २३६।१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर बढेको छ । होटल ५।५, विकास बैंक ३।६८ र उत्पादन ६।२५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०।९२, व्यापार ४।१४, जलविद्युत् ८।३४, वित्त १।३६, निर्जीवन बीमा ९।०५, अन्य ७।७८, लघुवित्त १।६६ र जीवन बीमा ५३।७५ विन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज ९।८७ प्रतिशतले नाफा कमाएका छन् । यस्तै उक्सेल डेभलपमेन्ट बैंक ५।३६, पञ्चकन्या माई हाइड्रो पावर ३।८१, मिर्मिरे लघुवित्त वित्तीय संस्था २।९३ र नबिल इक्विटी फण्डका शेयरधनीले २।८० प्रतिशतले कमाएका छन् ।

यस्तै कञ्चन डेपलभमेन्ट बैंक ६।८३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ५।२६, अरुण काबेली पावर ४।९०, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४।५५, ङादी समूह ४।१६ र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४।१६ गुमाएका छन् । रासस

LEAVE A REPLY