सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न उद्दत

0
193

 चितवन, फागुन ७ । नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सरकार अभिव्यक्ति स्वतन्त्रतालाइ कुण्ठित गर्न उद्दत भएको आरोप लगाएका छन ।नेपाल प्रेस युनियन चितवन शाखाले आज (मंगलबार) नारायणगढमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको बलियो आधार भएको बताए । उनले भने,”पशुपति शर्मा एउटा पात्र मात्रै हुन, अभिव्यक्ति स्वतन्त्रतामाथि हुने हस्तक्षेप र अंकुशमा कांग्रेस बोल्छ ।” सरकारले भ्रष्टचार शून्य बनाउने कुरा गरेपनि व्यवहारमा लागु नगरेको बताए ।
नेता केसीले भ्रष्टचार गर्ने जोकोही भएपनि सरकारले हिम्मतका साथ कारवाही गरेर देखाउनुपर्ने बताए । उनले भ्रष्टचार प्रमाणित गर्न सके आफूलाई पनि कारवाही गर्न सरकार तयार हुनुपर्ने बताए । तर सरकारको रवैयाले भ्रष्टचार न्यूनीकरणको साटो झन प्रसय दिईरहेको उनको आरोप छ । उनले वाइडबडी, ३३ किलो सुन, मेलम्ची, बुढि गण्डकीलगायतको काण्डले सरकारलाई गिज्याई रहेको बताए ।

Advertisements

नेता केसीले सरकार अहिले प्रजातन्त्रको आवरणमा रहेर देशलाई निरकुंशता र सर्वसत्ताबाद तर्फ लैजान खोजेको आरोप समेत लगाएका छन् ।

यस्तै नेता केसीले काँग्रेसलाई एजेण्डाविहिन भएकोले स–साना कुरालाई अगाडि सारेको भन्ने आरोपको खण्डन गर्दै लोकतन्त्रसंग प्रत्यक्ष सरोकार राख्ने जुनसुकै विषयलाई पनि काँग्रेसले एजेण्डाको रुपमा अघि लैजाने बताए ।

उनले लोकतान्त्रिक दृष्टिकोण, समृद्धि नै काँग्रेसको एजेन्डा रहेको उनको भनाई छ । कार्यक्रम प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY