भरतपुर अस्पताल अब केन्द्रीय सरकारको मातहतमा

0
284

चितवन, फागुन ७ । भरतपुर अस्पताल अब केन्द्रीय सरकारको मातहतमा आउने भएको छ ।
मन्त्रिपरिषद्ले गत फागुन ३ गते अस्पताललाई स्वास्थ्य मन्त्रालयअन्तर्गत केन्द्रीय सरकारको मातहतमा ल्याउने निर्णय गरेको हो । भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले अस्पताल कसको मातहतमा आउने भन्ने द्विविधामा रहेको अवस्थामा सरकारले गरेको निर्णयले अस्पतालको गुणस्तरीय विकासमा सहयोग पुग्ने बताए । उनले भने, ‘अब दरबन्दी र बजेट थपिने भएकोले चितवनबासीको लागि खुसीको विषय हो । ’ यसअघि अस्पताल कसको मातहतमा भन्ने अन्यौलले पर्याप्त बजेट निकाशा हुन नसकेको उनले बताए ।

Advertisements

LEAVE A REPLY