चितवनमा एम्बुलेन्सको अनुगमनमा, चालक रिसाए

0
326

चितवन,माघ ७ । चितवनमा एम्बुलेन्सहरुको अनुगमन गर्ने क्रममा एम्बुलेन्स चालकहरुले अवरोध सृजना गरेका छन् । आज जिल्ला स्तरिय अनुगमन समितिले आज भरतपुर अस्पतालमा रहेका एम्बुलेन्सको अनुगमन गर्ने क्रममा अवरोध सृजना भएको हो ।

Advertisements

अनुगमन टोलीले एम्बुलेन्स अनुगमन गर्ने क्रममा चालकले अवरोध सृजना गरेको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत शोभाखर अधिकारीले बताउनुभयो । ‘उहाँले भन्नुभयो,प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला एम्बुलेन्स सेवा संचालन समितिको बैठकको निर्णय अनुसार अनुगमन भएको हो, एम्बुलेन्स चालकहरुले हामीलाई थाहै नदिइ अनुगमन गर्न पाइन्न भन्दै अवरोध सृजना गरे ।’ प्रहरीले अनुगमनमा अवरोध सृजना गर्ने संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नवराज लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन जिल्ला शाखा चितवनका अध्यक्ष सुमन घलेले ट्रेड युनियनको प्रतिनिधि विना अनुगमन गरेको र चालकलाई दुःख दिएको बताउनुभयो ।

LEAVE A REPLY