बागलुङको जैमिनीमा सवारी दुर्घटना : १९ जना घाइते , ४ को अवस्था गम्भीर

0
260

बागलुङ ०७ फागुन । बागलुङको जैमिनी नगरपालिकामा भएको सबारी दुर्घटनामा परि १९ जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यलय बागलुङले दिएको जानकारी अनुसार घाईते मध्य ४ जनाको अबस्था गम्भीर रहेको र बाँकी ११ जना सामान्य घाईते छन ।
गम्भीर भाईते भएका ११ जनालाई छिस्ती स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने गम्भीर ४ जनालाई बागलुङ तर्फ लैजादै गरिएको ईलाका प्रहरी कार्यलय छिस्तीले बताएको छ । मंगलबार साँझ ७ बजेको समयमा ध १ झ ७९१ नम्बरको जीप जन कल्याण माध्यमिक बिद्यालयको बार्षिक उत्सब सकेर केवौ तर्फ जाने क्रममा केलादी भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यलय छिस्तीले जनाएको छ ।

Advertisements

LEAVE A REPLY