भरतपुर महानगरमा किचलो,मलाई ज्यान मार्ने धम्की आयो : उप-प्रमुख शाह

0
391
File Photo

चितवन, फागुन ७ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीका कारण आफूले काम गर्न नसकेको बताएकी छन् । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले मेयर रेणु दाहालले एकलौटी ढंगले कार्यालय सन्चालन गरेको र आफूलाई मान्यतासमेत नदिएको बताइन् ।

Advertisements

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलेसमेत आफूलाई तल्लोस्तरको व्यवहार गरेको गुनासो उपमेयर शाहले गरिन् ।
उपमेयरसहित नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले महानगरपालिकाको बैठकसमेत बहिस्कार गरेका छन् ।स्थानीय तह निर्वाचनमा भरतपुरमा तत्कालीन माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । चुनावताका रेणु दाहाल र पार्वती शाहले ‘दिदी–बहिनी’ मिलेर भरतपुरको विकास गर्ने घोषणापत्र जारी गरेका थिए ।
महानगरको बैठक चल्दै गर्दा कांग्रेसका बोर्ड सदस्यसहित कार्यकक्षमा भेटिएकी उप-प्रमुख पार्वती शाहले आफुलाई ज्यानै मार्ने धम्की आएको सुनाईन । आफ्नो सचिवालयले प्रयोग गरिरहेको भ।म।न।पा उप-प्रमुख नाम रहेको अकाउण्टमा एक व्यक्तिले युवा संघ र अनेरास्ववियुको नाममा धम्की दिएको भन्दै शाहले प्रमाण पेश गरिन ।
उप-प्रमुख शाहले पेश गरेको प्रमाण यस प्रकार छ :

प्रमाण पेश गर्दा अत्यन्तै तनाबमा देखिएकी उप-प्रमुख शाहले नियोजित रुपमा आफुलाई प्रताडित गर्न खोजिएको दाबी गरिन । यसबारे प्रमुख दाहालसमु कुरो उनी नाजवाफ भएको शाहले जानकारी दिईन । प्रमुखको यस्तो व्यबहारबाट आफू आश्चर्यचकित भएको शाहको भनाई छ ।

LEAVE A REPLY