भरतपुर महानगरमा उपप्रमुख शाहको चर्को असन्तुष्टि (१२ बुंदे विज्ञप्ति सहित )

0
766
File Photo

भरतपुर ०८ फागुन । भरतपुर महानगरपालिकामा नगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरी बीचको विवाद उत्कर्षमा पुगेको छ । आज ( बुधबार) एक बिज्ञप्ति जारि गर्दै उपप्रमुख ठकुरीले महानगरपालिकामा आर्थिक अनियमितता मौलाएको बताएकी छन् । महानगरपालिका प्रमुख दाहालले महानगरको काम नियम संगत नगरेको उनको आरोप छ । १२ वटा बुँदा सहितको प्रेश बक्तव्यमा ठकुरीले महानगरले गर्ने कामका लागि समिति गठन नै नगरी आर्थिक, जिन्सी लगाएतका क्रियाकलाप गरेको आरोप छ । ‘लेखा समिति गठन नै नगरी आर्थिक अनियमितता गर्न खोजेको जिन्सी समिति गठन नगरिएको,गठन भएका समिति पनि एकलौटि ढंगले गठन गरेको, महानगरमा चरम आर्थिक अनियमितता हुने गरेको छ ।’ बुँदागत रुपमा जारि गरिएको बिज्ञप्तिमा भनिएको छ । Image may contain: text
ठकुरीले भरतपुर महानगर आस्थाको आधारमा चलेको भन्दै चर्को असन्तुस्टि जनाएकी छन् । महानगरका एजेण्डा एकलौटि रुपमा आएको भन्दै आफुले हरेक कार्यपालिका बैठकमा असन्तुष्टि प्रकट गरेपनि प्रमुखले नसुनेको उनको गुनासो छ । ‘एजेण्डामा बिमति राख्दा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगर प्रमुखले चलाउने भन्दै उपप्रमुखको काम कर्तव्य र अधिकारलाइ कुण्ठित गर्ने गरि शब्द प्रयोग गर्ने गरेका छन् ।’ ठकुरीले भनिन, ’महानगरले २ बर्ष सम्म कुनै पनि महत्वपुर्ण एजेण्डामा छलफल भएको छैन । समृद्द नगरका लागि कुनै प्रयास भएका छैनन् ।‘ महानगरले अहिले ल्याएका योजना अघिल्ला सरकारको बजेट र एजेण्डा रहेको उनले बताइन । साथै नगरपालिकाले मुस्कान सहितको सेवामा कुनै ध्यान नदिएको उनको आरोप छ । 

आफुले कुनै घर भाडा माग नगरेको उल्लेख गर्दै उनले माग समेत नगर्ने प्रतिवद्दता जनाएकी छन् । उपप्रमुखले अनावस्यक रुपमा घर भाडाको माग गरेको भन्दै संचारमाध्यममा आएका विभिन्न समाचार प्रति ध्यानाकर्षण भएको समेत उनको भनाइ छ ।
गलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले मेयर रेणु दाहालले एकलौटी ढंगले कार्यालय सन्चालन गरेको र आफूलाई मान्यतासमेत नदिएको बताएपछि महानगरको विवाद छताछुल्ल भएको थियो । उनले मंगलवारको पत्रकार सम्मेलनमा आफुलाई ज्यानै मार्ने धम्की आएको बताएकी थिइन । उप–प्रमुख शाहले नियोजित रुपमा आफुलाई प्रताडित गर्न खोजिएको दाबी गरिन ।
शाहलाई धम्की दिनेलाई कारवाही गर्न कांग्रेस चितवनको माग
नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न माग गरेको छ । 
नेपाली काँग्रेसको भातृ संगठन महिला संघ चितवनकी सभापति समेत रहेकी पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आउनु आपत्ती भन्दै कार्वाही गर्न माग गरेको हो । नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा आज जारी विज्ञप्तीमा जनप्रतिनिधिका रुपमा सामाजिक काम गर्दा गर्दै सामाजिक सञ्जाल मार्फत धम्की दिने प्रवृतिले मनोवल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । कुनैपनि वहानामा यस्ता धम्की तथा मनोवल गिराउने काम नगर्न नगराउन समेत पार्टीले विज्ञप्ती मार्फत जनाएको छ । यस्ता गतीविधि गर्ने उपर कार्वाही गर्नसमेत सम्वन्धीत निकायसंग माग गरिएको छ । आउदा दिनमा यस्ता घटना नदोहो¥याउन समेत चेतावनी दिएको छ ।

LEAVE A REPLY