सरकारमाथिको समर्थन फिर्ता लिन बाध्य नपार्न राजपाको चेतावनी

0
199

काठमान्डौ , ८ फागुन – राष्ट्रिय जनता पार्टी नेपालले सरकारमाथिको समर्थन फिर्ता लिन बाध्य नपार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।

Advertisements

सरकारले प्रतिवद्धता जनाएको संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायतका कुनै पनि माग पूरा नभएको भन्दै पूरा नभए समर्थन फिर्ता लिने र संसद घेराउ गर्ने चेतावनी दिएको हो ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘हामीलाई समर्थन फिर्ता लिने सडकमा जाने संसद घेराउ गर्ने, यो परिस्थितिमा हामीलाई सरकार नपारोस् अन्यथा हामी बाध्य हुन्छौं ।’

आफूहरुको माग पूरा गर्न सरकारले पटक–पटक समय मागे पनि बेवास्ता गरेको भन्दै आफूहरुलाई उच्छृङ्खल गतिविधि गर्न बाध्य नपार्न उनले आग्रह गरे । ‘हामी सरकारको विश्वासमा मात्र यो विषय पूरा हुन्छ भनेर चुप लागेर बसेका छौं, पर्खिरहेका छौं । सरकार हामीलाई बाध्य नगरोस् कि हामी उश्रृंखलतामा जाऔं ।’

प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको विषय पूरा नगरे राज्यप्रतिको विश्वास नै घटेर जाने सांसद कर्णले दावी गरे ।

LEAVE A REPLY