पदमोदय पुरुष भलिबल प्रतियोगिता फाल्गुन १८ देखि हुने

0
343

चितवन ०९ फागुन । पर्यटकीय नगरी पटिहानीमा “पदमोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५” हुनेभएको छ । पदमोदय युवा क्लबको आयोजनामा यहीँ फाल्गुन १८ गतेदेखि २० गते सम्म प्रतियोगिता संचालन हुने क्लबका अध्यक्ष रामहरि सेढाईले बताए ।
क्लबका अध्यक्ष सेढाईको अध्यक्षतामा आज सम्पन्न कार्यसमितिको बैठकले महाशिबरात्रीको अवसर पारेर आयोजना हुँदै आएको प्रतियोगिताको निरन्तरता दिने निर्णय गरेको हो । हरेक वर्षको महाशिवरात्रीको अवसरमा प्रतियोगिता हुदै आएको छ ।

Advertisements

भलिवल प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु५० हजार, रु ३० हजार र रु १०/१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत ब्यबस्था गरिएको छ । प्रतियोगिताको टिम दर्ता शुल्क रु २ हजार तोकिएको छ ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसअन्तर्गत टिम ब्यबस्थापनमा सुर्य गुरुङ, खेल ब्यबस्थापनमा मनि प्रसाद गुरुङ, आर्थिक ब्यबस्थापनमा रामनाथ पन्त, युवा परिचालनमा पदम बहादुर पौडेल, प्रचारप्रसारमा सन्जिब पाण्डे, सचिबालयमा ब्यबस्थापनमा कुशल पौडेल र हरिभक्त भण्डारी, प्रबिधि ब्यबस्थापनमा नारायण भट्ट, प्राथमिक उपचारमा भुपाल शमशेर जवरा लगायतका चयन भएका भएका छन् ।

प्रतियोगिताका प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन् । बिगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

LEAVE A REPLY